धनकुटा चैत  १० ,

एमाले पाख्रिबास नगरकमिटी धनकुटाकाे चुनावी अभियान अन्तरगत बुधबार वडा नं ९ उत्तरपानिमा वृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमकाे अवसरमा नेपाली काङ्ग्रेसकापुराना २०४६ साल देखिकाे काङ्ग्रेस  आस्थावान नेता लक्षमण माेत्तान सहित धेरै जना एमालेमा प्रवेश गरेकाछन् ।

पार्टीको चुनावी प्रशिक्षण कार्यक्रमका संयाेजक भिम राई, पार्टीका नगर ईन्चार्ज नेत्र भण्डारी ,उपमेयर देवकला तिमल्सिना , पार्टीका नगर उपाध्यक्ष लाेकेन्द्र घिसिङ ,नगर सचिव सिताराम राई , पुर्व जिल्ला कमिटी सदस् यज्ञ घिसिङ , वडा अध्यक्ष चनद्रलाल घिसिङ लगायतका नेताहरूले उनिहरुलाई खदा र अविरले स्वागत गर्दै पार्टी प्रवेश गराएको थियोे ।

काङ्ग्रेस छाेडेर एमाले प्रवेश गर्ने नवप्रवेशिहरु याेगेन्द्र बम्जन ,राज कुमार याेञ्जन ,रमेश याेञ्जन,खड्ग बहादुर बम्जन,सराेज तामाङ ,ज्ञानेन्द्र बम्जन,पुर्ण बहादुर बम्जन, अईतसिङ घिसिङ ,निरन घिसिङ ,वुद्विमान याेञ्जन ,केशव घिसिङ लगायत रहेकाछन् । कार्यक्रममा पार्टीका नगर ,जिल्ला स्तरीय नेताहरूकाे उपस्थिति थियोे । त्यस्तै  पाख्रिवास वडा नं ४ मा पनि वडा कमिटी अध्यक्ष मदन राईको अध्यक्षतामा वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय