दोलखा। नेकपा माओवादी केन्द्र दोलखाको तामाकोसी गाउपालिकाद्वारा भ्रमित समाचार छापेको भन्दै कार्बाही गर्न माग गरेको छ।
नेकपा माओवादी केन्द्र तामाकोसीले बिज्ञप्ती जारी गर्दै नेपालमा गणतन्त्र सङ्घियता,धर्मनिर्पेक्षता,समानुपातिक र समाबेशि प्रणाली स्थापना गरि जनता लाई सार्बभौम बनाउने क्रान्तिकारी पार्टीको नेता तथा कार्यकर्तालाई बदनाम गर्ने गरि नेकपा माओवादी केन्द्र तामाकोसी गाउपालिका सचीव सहित दर्जनौं नेता तथा कार्यकर्ता एमाले प्रबेश शिर्षक राखेर राम्रो पोस्ट नामक अनलाईनबाट समाचार लेखेको उल्लेख छ ।
नेकपा एमालेमा प्रवेश गर्ने शिबबाहदुर खड्का लागयतको ब्यक्तिहरु नेकपा माओवादी केन्द्रको कुनै कमिटीमा नरहेको विज्ञप्तीमा भनिएको छ । यस्तो भ्रम सिर्जना गरि समाजमा असन्तुलन पैदा गरि प्रचार गर्ने राम्रो पोस्ट डटकमलाइ कानुनीको दायरामा ल्याउन दोलखा जिल्ला प्रशासन कार्यलय समक्ष माग गरेको छ।













