दोलखा । नेकपा एमाले मेलुङ गाउपालिकाको वडा न ३ मा वडा अध्यक्षको उम्मेदवारी लागि सर्वसम्मत सिफारिस भएको छ। सर्बसम्मत वडा अध्यक्षमा युवा ब्याबसायी वसन्त लामालाई सिफारिस गरिएको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एमालेको बिहीबार बसेको वडा भेलाबाट अध्यक्षका लागि बसन्त लामालाइ सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको थियो ।
बसन्त लामा नेकपा एमाले निकट राष्ट्रिय युबा संघको केन्द्रिय सचिबालय सदस्य तथा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको सस्थापक हुन् ।












