चैत २४

एमाले पाख्रीबास नगरकमिटीकाे आयाेजनामा महिला स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ । नगर कमिटीले शुक्रबार एक कार्यक्रम आयाेजना गरि नगर भित्रका १० वटै वडाका ५४ जना महिला स्वयमसेविकाहरुलाई सम्मान गरेको हाे । नगरकमिटी अध्यक्ष सान्तिराम गाैतमकाे अध्यक्षता , संघीय संसद राजेन्द्र कुमार राईकाे प्रमुख आतिथ्यमा ५४ जना महिला स्वास्थ्य स्वयमसेविकहरुलाई सम्मान पत्र र करुवा प्रदान गर्दै सम्मान गरिएको हाे ।

सो अवसरमा  कार्यक्रमका प्रमुख अतिथि ,विशेष अतिथि ,अतिथहरुले बाेल्दै  समाजमा स्वास्थ क्षेत्रमा सुधार तथा सचेतना जगाउन  महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेने बताएकाछन् ।

 

साथै नेपालकाे  ग्रामीण क्षेत्रमा घरघर पुगेर सेवा पुर्याउन प्राथमिक स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुका लागि आवश्यक प्रोत्साहन लगायत थप सेवा सुविधाकाे व्यवस्था गर्नुपर्ने बताए  ।  सम्मानित हुन पाउँदा महिला स्वास्थ स्वयसेविकाहरुले खुसि व्यक्त गरेकाछन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय