दोलखा । नेकपा माओवादी केन्द्रले दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष उम्मेदवार घोषणा गरेको छ ।
नेकपा माओवादी केन्द्र मेलुङ्ग गाउँपालिकाकोे अध्यक्ष उम्मेदवारमा दोलखाको नेता शंकर लामा सर्बसम्मत निर्णय गरेको छ।आज बसेको तेस्रो पुर्ण बैठकले शंकर लामालाइ पालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । सानै उमेरमा राजनीति गर्नु भएको लामा बहुदल र निर्दलको आन्दोलन देखि १० बर्से जनयुद्धमा होमिनुभएको थिए । करिब ४० बर्षे राजनीतिक पार गर्नु भएको नेता लामा माओवादी केन्द्र दोलखाको प्रभावशाली एवम् चर्चित नेता हुन् । आज बसेको बैठकले अध्यक्ष प्रखर लामाको संयोजकत्वमा १ सय ६१ सदस्यीय निर्वाचन परिचालक कमिटी गठन गर्ने निर्णय गर्नुको साथै उपाध्यक्ष , छिरिङ लामाको नेतृत्वमा ‘वान बुथ हन्ड्रेट यथु’ गठन गर्ने निर्णय गरेको छ ।र बैठकले सबै वडाहरुको अध्यक्ष र सदस्य सर्वसमत २ दिनभित्र सिफारिस गर्ने निर्णय गरेको छ ।
मेलुङ गाउपालिका घोषणा गरेसंगै माओवादी केन्द्र दोलखाले ४ वटा पालिकामा अध्यक्षका उम्मेदवार घोषणा गरिसकेको छ । यसअघि माओवादी केन्द्रले वैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्का, तामाकोशी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसी, कालिञ्चोक गाउँपालिकाका अध्यक्षमा कुलबहादुर बुढाथोकि घोषणा गरिसकेको छ।












