दोलखा । नेकपा माओवादी केन्द्रले दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुख उम्मेदवार घोषणा गरेको छ ।
नेकपा माओवादी केन्द्र भिमेश्वर नगर पालिकाको प्रमुख उम्मेदवारमा दोलखाको युबा नेता सुन्दर कुमार केसि सर्बसम्मत निर्णय गरेको छ।नगरपालिकाको बसेको पुर्ण बैठकले सुन्दर कुमार केसिलाइ नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । अखिल नेपाल यातायात मजदुर संघको केन्द्रिय उपाध्यक्ष समेत रहनु भएको केसि दोलखाको युवा नेताले लोकप्रिय रहेको छ।
भिमेश्वर नगर प्रमुख केसि घोषणा गरेसंगै माओवादी केन्द्र दोलखाले ४ वटा पालिकामा अध्यक्ष र १ नगर प्रमुखको उम्मेदवार घोषणा गरिसकेको छ । यसअघि माओवादी केन्द्रले वैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्का, तामाकोशी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसी, कालिञ्चोक गाउँपालिकाका अध्यक्षमा कुलबहादुर बुढाथोकि र मेलुङ गाउँपालिकाका अध्यक्षमा शंकर लामा घोषणा गरिसकेको छ।












