दोलखा । नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा निर्वाचित मेलुङ गाउँपालिकाका एक बहालवाला वडा अध्यक्ष सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ ।

मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुका जननिर्वाचित वडा अध्यक्ष छत्र बहादुर तामाङ राप्रपामा प्रवेश गर्नुभएको राप्रपा दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटीले जानकारी दिनुभयो । अध्यक्ष शिवाकोटीका अनुसार सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले तामाङलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

वडा अध्यक्ष तामाङ राप्रपाका केन्द्रिय सहायक प्रवक्ता प्रविण थोकरका पिता हुनुहुन्छ । उहाँ गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय