६ वैशाख, दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष उम्मेद्‍वारमा  नेपाली कांग्रेसका तर्फबाट बर्मा लामाको नाम सिफारिस भएको छ ।

पालिका स्तरीय बैठकले दोलखाका जिल्ला सभापति समेत रहेका लामाको नाम सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्‍वारमा सिफारिस गरेको हो ।

उनी २०७४ सालको चुनावमा पनि मेलुङ गाउँपालिकामा उम्मेदवार बनेका थिए । त्यतिबेला लामा एमाले उम्मेदवारसँग ८९ मतले पराजित भएका भएका थिए । एमालेका नरवहादुर श्रेष्ठ ४ हजार ४७५ मत प्राप्त गरी बिजयी हुँदा लामाले ४ हजार ३८६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय