दोलखा । नेकपा एमाले जिल्ला कमिटीको आज बसेको बैठकले दुई नगर सहित ९ वटै पालिकामा उम्मेदवार सिफारिस गरेको छ। ९ वटै स्थानीय तहको प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको उम्मेदवार टुङग्याएर प्रदेशमा सिफारिस गर्ने निर्णय भएको छ । कुनै स्थानीय तहमा जनप्रतिनिधि हरु दोहोरिएको छ।
एमालेले नगर प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्षको उम्मेदवार टुङगाएर प्रदेशमा सिफारिस गर्ने निर्णय गरेपनि पार्टीभित्र केही नेताहरुको असन्तुष्टि भने अझै कायमनै रहेको छ ।
शैलुङ गाउँपालिका
अध्यक्ष : धन बहादुर तामाङ
उपाध्यक्ष : पार्वती कार्की थापा
मेलुङ गाउँपालिका
अध्यक्ष : हिरा कुमार थोकर
उपाध्यक्ष : गायत्री आचार्य
भीमेश्वर नगरपालिका
प्रमुख : भरत केसी
उपप्रमुख : कमला बस्नेत
कालीञ्चोक गाउँपालिका
अध्यक्ष : गणेश शिवाकोटी
उपाध्यक्ष : कविता थामी
बिगु गाउँपालिका
अध्यक्ष : अच्युतम केसी
उपाध्यक्ष : देविका थामी
गौरीशंकर गाउँपालिका
अध्यक्ष : जंग गुरुङ
उपाध्यक्ष : मुना शिवाकोटी
बैतेश्वर गाउँपालिका
अध्यक्ष : माधव प्रसाद घिमिरे
उपाध्यक्ष : नविना लामा
जिरी नगरपालिका
प्रमुख : मित्र जिरेल
उपप्रमुख : कृष्णमाया बुढाथोकी
तामाकोसी गाउँपालिका
अध्यक्ष : अभिषेक सुवेदी
उपाध्यक्ष : अम्बिका पोखरेल












