दोलखा । द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन ब्यबासाय सफल सँगै सामाजिक कार्यको निरन्तर अनुभव सँगालेका दोलखाका बसन्त लामालाई यो समयमा स्थानीय निकायको चुनाव राम्रै लागेको छ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ३ बाट नेकपा एमालको वडा अध्यक्षका उम्मेद्वार बनेका बसन्त स्थानीयमाझ सहयोगी, मिलनसार व्यक्तिका रुपमा परिचित छन् ।
मेलुङ गाउपालिकाको घ्याङ्सुकाठोकरमा जन्मिएका ३४ वर्षे बसन्तले घ्याङ्बासिको जीवन उकास्न आफूलाई वडाध्यक्षको उम्मेद्वारका रुपमा मतदाताबीच उभ्याएका छन् । ‘नागरिकको जीवनस्तर उकास्न र तल्लो तहका नागरिकलाई स्थानीय सरकारको अनुभुति गराउन अध्यक्षमा उम्मेद्वारी दिएको हुँ । हिजोका जनप्रतिनिधिहरुको जस्तो अवस्था नदोहोरियोस भनेर नै मैले आफ्नो जीवनका थुप्रै अवसर त्यागेर निर्वाचनमा होमिएको हुँ’, उनले भने ।
बसन्त लामाले वडाको निर्वाचनमा विजयी भएर काम गर्ने सेवा गर्ने मौका पाउँदा व्यर्थ मत दिएछु भन्ने अवसर नदिने उनको दाबी छ । ‘म जनताको मतको अपमान हुन दिन्नँ’, उनी भन्छन् ।
वसन्त लामाले घ्याङ्को जनता ले बिश्वास गरि भोट दिएर जिताउनु भयो भने नेपाल सरकारले तोकेको तलब भत्ता र आफुले कमाएको १०%कमाइ तेहिको जनताको लागि बिकास निर्माणमा खर्च गर्ने प्रतिबद्धता गर्नु भएको छ।
बसन्तले सामुहिक लागानी गरेर धेरै भन्दा धेरै ब्यक्ती हरुलाइ समुह बनाएर रोजगारी दिएको अनुभव धेरै छन । उहाले राजनीति सङै व्यावसायिक माध्यमबाट गरिएको करिब उपत्यकामा १५०० युबाहरुलाइ रोजगार दिइरहेको छ ।












