धनकुटा ,

बैशाख ३० को स्थानिय तहको निर्वाचनमा सहदिभुमि गाँपालिकामा अध्यक्ष पदमा पुनः निर्वाचित भएका मनोज राईले गभार ग्रहण गरेकाछन् । प्रमुख निर्वाचन अधिकृतको कार्यलय धनकुटाले सफत ग्रहण गराए पछि अध्यक्ष पदमा पुनः निर्वाचित मनोज राईले प्रमुख प्रशासकीय अधिकृत तथा साहायक निर्वाचन अधिकृत लोचन प्रसाद दाहाल बाट ५ वर्षको लागी औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको हो । त्यस्तै गरी राईले गाँउपालिकाको पुनः निर्वाचित उपाध्यक्ष रत्नश्वरी राई गाँउपालिकाको ७ वटै वडामा निर्वाचित भएका वडा अध्यक्षहरु र सदस्यहरुलाई गाउपालिकाको कार्यलयमा सफत ग्रहण गराएका थिए ।


अध्यक्ष राईले पदभार ग्रहण गर्नुहुदै गाँउपालिकाको आगामि दिनमा गाउपालिकालाई समृद्ध बनाउन गाउपालिकामा धेरै समस्या रहेको र  मुख्य समस्यालाई प्राथमिकतामा राख्दै जनतालाई सधै शिरमा राखेर काम गर्ने बताएकाछन् ,

दिगो सान्ति र सुसान विकास र समृद्धिको क्षेत्रमा विपन्नता हटाउने अविकास आर्थिक पछौटेपन अशिक्षा गरिवी हटाउनका लागि सामाजिक न्याय क्षेत्रको काम गर्ने प्रतिवद्धता जनाउनु भयो । राईले यस अघि सुरुगरेका अधुरा र अपुरो रहेको काम पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

साथै उहाले सहिदभुमि गाउपालिका वासीले अध्यक्षमा जिताएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनु भयो । सफत ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बोल्नु हुदै प्रदेश संसद निरन राईले वननिर्वाचित जनप्रतिनिधिहरु सिंगो गाँउपालिकाको जनातको आम नागरीकको आसा र भरोसाको केन्द्र बिन्दु भएको बताउदै कुनै पनि विभेद नगरीकन काम गर्न आग्रह सहित सहिदभुमिको परिवर्तनका लागि महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा जोडदिनु भयो । कार्यक्रममा नेकपा एमाले धनकुटाका उपसचिव कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय