धनकुटा ,
जेष्ठ १६ गते सम्पन कार्यपालिका सदस्य निर्वाचनमा धनकुटामा एमालेलाई माओवादी केन्द्रले अन्तर्घात गरेको जनाएको छ । मंगलबार नेपालल कम्युनिष्ट पार्टी एमालेले पत्रकार सम्मेलन गरेर यस्तो जनाएको हो ।
कार्यपालिका सदस्य भागबन्ड अनुसार जिल्लामा गठबन्धन बाट असन्तुष्ट बनेको नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पाँच बुदे लिखितम सहमति भएको थियो ।

जसमा चौविसे, साँगुरीगढी, सहिदभूमि गाउँपालिका र पाख्रिबास नगरपालिकामा १,१ जना, त्यस्तै धनकुटा र महालक्ष्मी नगरपालिकामा ३,३ जना तथा छथरजोरपाटी गााउँपालिकामा ४ जना कार्यपालिका सदस्य दिने दिने निर्णय भएको बिज्ञप्तीमा उल्लेख गरीएको छ । तर मतदानको दिन उत्त पार्टीले लिखित सहमति विपरित गम्भीर अन्तर्घात गरेको भन्दै राजनैतिक बेईमानिको विज्ञप्ती मार्फत घोर भत्सना गरेको छ ।

।मंगलबारको पत्रकार सम्मेलनमा नेकपा एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले माओवादीले राजनैतिक बेइमानी गरेको आरोप लगाए ।
उनले भने नेतृत्व बिच सहमति अनुसार फरक काम गरेकाले भोलिका दिनमा हेर्ने दृष्टिकोण फरक रहेको समेत बताए । मतको परीणामको हिसाबले पहिलो र बलियो पार्टी रहेको ४ कार्यपालिका एमाले रहेको र केही समय पछि बन्ने जिल्ला समन्वय एकल बन्ने पराजुलीले बताए , ५५ प्रतिशत सीटमा एमाले विजय हासिल गरी फेरी पनि धनकुटा जिल्लामा पहिलो र शक्तिशाली पार्टी रुपमा स्थापित भएको साथै नेकपा एमाले बाट विजयी हुनुहुने जनप्रतिनिधि र सबै मतदमता हरुलाई बधाई तथा शुभकामना समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय