काठमाडौँ — सरकारले भारत, चीन र अमेरिका लगायत १३ राष्ट्रका लागि नयाँ राजदूत नियुक्तिका खातिर नामावली सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो। बैठकले आ-आफ्नो क्षेत्रमा दक्षता प्रमाणित गरिसकेका, अनुसन्धान तथा अध्ययनमा योगदान पुर्‍याएका र नेतृत्वस्तरमा अनुभव सँगालेका व्यक्तित्वहरूलाई राजदूत पदका लागि छनोट गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले यस सम्बन्धमा जानकारी दिँदै विभिन्न क्षेत्रका सक्षम व्यक्तिहरू सिफारिस सूचीमा परेको बताएका छन्।

अब के हुन्छ?

सिफारिस भएका नामहरू अब संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पेस हुनेछन्। सुनुवाइ प्रक्रिया टुङ्गिएपछि सरकारले सम्बन्धित मुलुकहरूमा औपचारिक सहमति (एग्रिमो) माग गर्नेछ। ती मुलुकबाट एग्रिमो प्राप्त भएपछि मात्र राष्ट्रपतिबाट राजदूतमा औपचारिक नियुक्ति हुने कानुनी व्यवस्था छ।

•भारत — डा. निश्चलनाथ पाण्डे

•चीन — डा. कल्याणराज शर्मा

•अमेरिका — चिरनजङ्ग थापा

•बेलायत — पूर्वप्रधानसेनापति (अवकाशप्राप्त) गौरव शम्शेर जङ्गबहादुर राणा

•जापान — जिग्यान कुमार थापा

•इजरायल — सुरेशकुमार कर्ण

•स्पेन — प्राप्ति शेरचन

•जर्मनी — शारू जोशी

•ओमान — डा. पद्माक्षी राणा

•मलेसिया — चूडामणि खरेल

•दक्षिण कोरिया — प्रा. डा. सङ्गम श्रेष्ठ

•श्रीलङ्का — डा. मञ्चला झा

•साउदी अरेबिया — गिरीबहादुर सुनार

यस सिफारिससँगै नेपालको कूटनीतिक प्रतिनिधित्वमा नयाँ अनुहारहरू थपिने भएका छन्, र अब सबैको ध्यान संसदीय सुनुवाइको प्रक्रियामा केन्द्रित हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय