मुग्लिन। अविरल बर्षासंगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।

इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको हो। अहिले बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको छ। यस्तै पहिरोकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना ४ स्थित नाग्दिखोलामा राती करिब ११:१५ बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय