काठमाडौं । लामो समयदेखि फोहोर फाल्न अवरोध गर्दै आएका नुवाकोट बञ्चरेडाँडाका स्थानीयले शुक्रबार रातिबाट फोहोर फाल्न दिने सहमति गरेका छन् ।
गएराति भएको वार्तामा बञ्चरेडाँडा वासीले उपत्यकाको फोहोर फाल्न लैजान दिने सहमति गरेका हुन ।
फोहोर लैजादा राति लैजानु पर्ने, गाडीबाट लिच्चड नचुहिने गरी व्यवस्थापन हुनु पर्ने, राति ढुवानीका लागि बाटो पुर्वाधार, वत्तीको व्यवस्था महानगरले तीन महिना भित्र गर्ने, सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरले व्यवस्था गर्नु पर्ने, फोहोरको लिच्चड खोलामा नहाल्ने महानगरले व्यवस्था गर्ने लगायतका विषयमा सहमति भएको हो ।
बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि सिस्डोल–बन्चरेडाँडा क्षेत्रका वडाध्यक्षहरु सहभागी थिए । केही दिन अघि भएको सहमतिमा स्थानीयले फोहोर फाल्न दिएका थिएनन् । सहमति अनुसार २३ गतेबाट फोहोर व्यवस्थापन गर्न दिने भनिएको थियो। नवनिर्वाचित सेलिब्रेटी स्वतन्त्र उम्मेदवार वालेनलाई विभिन्न राजनीतिक पार्टीको असहयोग रहेपनि केही गरेर देखाउने स्रोत बताउँछन् ।
काठमाण्डौँ महानगरपालिकाले बल प्रयोग गरेर फोहोर लैजादा पनि असंभव भए पछि बिहिबार वार्ता र सहमति भएको थियो ।














