धनकुटा जेठ २८,

जिल्ला समन्वय समिति धनकुटाको प्रमुखमा नेकपा एमालेका  निरन तामाङ्ग सहित प्यानल बिजयी भएको छ ।

गठबन्ध र एमाले बीच ९ पदका लागि शनिबार भएको निर्वाचनमा प्रमुख पदमा एमालेका तामाङ्ग सहित अन्य पदाधिकारीहरु बिजयी भएका हुन् ।

उप–प्रमुख सावित्रा राई,महिला सदस्यहरु ईन्दिरा सुब्बा याखा ,कमलकुमारी लिम्बू,सरिता भण्डारी बराल  दलित तथा अल्पसंख्यकबाट बालकुमारी रुचाल,अन्य सदस्यहरुमा टिकाराम मगर,नेत्रबहादुर भण्डारी र रबिन्द्र न्यौपाने बिजयी भएका छन् ।गठबन्धनका तर्फबाट उमेद्वार रहेका हर्क चेम्जोङ्गले ५,उप–प्रमुख मन्जु कार्कीले ४ मत महिला सदस्यहरु, डम्बरकुमारी अधिकारी  धमला र बिमला राई माबुहाङ्गले ५-५ मत तथा सरिता खत्री भण्डारीले ४ मत ल्याएका छन् ।

दलित तथा अल्पसंख्यकबाट दुर्गा दर्जी तथा अन्य सदस्यहरु कुसुम जोशी श्रेष्ठ,सुशिलकुमार मगर र सुष्मा गुरुङ्गले ५-५ मत पाएइका छन् ।

सात स्थानिय तह रहेको धनकुटामा नेकपा एमालेका ३ प्रमुख र ६ उप–प्रमुख सहित ९ जनाले मतदान गरेका थिए ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ४ प्रमुख र माओवादी केन्द्रको १ उप–प्रमुख सहित ५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय