मकवानपुर । नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश समिति (ताम्सालिङ) ले वागमती प्रदेशका स्थानीय तहहरुमा निर्वाचित तामाङ जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामासहित १३ वटै जिल्लाका विभिन्न पालिकाबाट निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश समाजिक विकासमन्त्री कुमारी मोक्तान,विशेष अतिथि नेपाल तामाङ घेदुङ संघीय समितिका महासचिव काजीमान थिङ ,नेपाल तामाङ घेदुङ वागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान लगायतले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उहाँहरु विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय