दोलखा / जिल्ला समन्वय समिति दोलखामा गठबन्धन बिजयी भएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रमुखमा बर्जुराम घतानी (कृष्ण) र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएको छ।
गठबन्धनका प्रमुख र उपप्रमुखले ११/११ मत प्राप्त गरेको छ भने नेकपा एमालेका प्रमुख पदका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७/७ मत प्राप्त गरेका छन् । यसैगरी ७ सदस्यमा पनि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । तेसै गरि सदस्यहरु गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसको उम्मेदवारहरु कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा बिजयभएको छ।
९ पदका लागि १९ जनाको उम्मेदवारी दर्ता भएको थियो । पाँच बर्ष कार्यकाल सकिए सङै पदाधिकारीहरु प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि आज निर्वाचन भएको हो ।












