काठमाडौं। नेकपा माओवादी केन्द्र दोलखा काठमाडौ सम्पर्क समन्वय समिती तथा २१ औ रित बहादुर खड्का (प्रताप) स्मृति सभा द्वारा आयोजना गरेको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सुभकामना दिएका छन् ।

दोलखा काठमाडौं सम्पर्क समन्वय समिति द्वारा आयोजना गरी नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका दोलखाको नगरपालिका/गाउँपालिकाका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्ष वडा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ। नेकपा माओवादी केन्द्रको तर्फबाट दोलखामा जिल्ला समन्वय समिती अध्यक्ष १ जना, ३ जना प्रमुख पदमा निर्वाचित भएका छन् भने १ जना उपप्रमुख २२ वडा अध्यक्षहरु निर्वाचित भएका थिए । जनप्रतिनिधिहरुलाई नेकपा(माओवादी केन्द्र)को अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले स्वागत, सम्मान तथा बधाई ज्ञापन गर्नुभएको छ। यस्तै नेकपा माओवादी केन्द्र दोलखा इन्चार्ज देबि खड्का,माओवादी केन्द्र दोलखाको अध्यक्ष कुलबहादुर बुडाथोकी,दोलखा काठमाडौं सम्पर्क समन्वय समिती अध्यक्ष मीन घिमिरे,नेपाली काङ्ग्रेस पुर्ब सभापति रुद्र खड्का लगायतको नेताहरुले स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय