काठमाडौं । क्यान महासंघको आगामी नेतृत्वमा दाबी गरेका चिरञ्जिवी अधिकारीले क्यानमा पदाधिकारीहरु पछि तोक्ने परिपाटीको अन्त्य गर्ने बताएका छन् । उनले महासंघमा हाल रहेको केन्द्रीय सदस्यहरु केन्द्रीय अध्यक्ष र लेखा समिति सदस्यहरु मात्र निर्वाचित हुने र बाँकी पधाधिकारीहरु पछि तोक्ने परिपाटीको अन्त्य गर्ने बताए ।
उनले यो परिपाटीको अन्त्य हुँदा हरेक पदमा दक्ष लोकप्रिय र काम प्रति निष्ठावान व्यक्ति निर्वाचित हुने दाबी गरेका छन् । उनले व्यक्तिको क्षमता अनुसारको जिम्मेवारी पाउने व्यवस्था गर्नका लागि पनि आफूले उम्मेदवारी दिएको बताए । उनले १ कार्यकाल मात्रै नेतृत्वमा बस्ने र फेरि नदोहारीने पनि बताए।

अधिकारीले युवाहरुलाई समेटेर गतिशिल टिम निर्माण गर्ने बताए। वर्तमान कार्यसमितिको सचिव रहेका अधिकारीले ५० प्रतिशत युवालाई समेटेर गतिशिल टोली निर्माण गर्ने बताएका हुन् ।
आहिले पनि ५० औँ हजार युवाहरु क्यान महासंघको छाताभन्दा बारिरहेको भन्दै उनीहरुलाई महासंघमा समेटेर अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे । युवाहरुसँग हातमा हात, काधमा काध मिलाएर अगाडि बढ्ने उनले बताए । अग्रज र युवापुस्तालाई गर्व गर्नलायक संस्थाका रुपमा विकास गर्नका लागि पनि आफू नेतृत्वको दाबी गरेको उनको भनाइ छ ।
महासंघको कार्यकाल सकिए पनि कोरोनाका कारण निर्वाचनको समय केही समय लम्बिएको थियो।












