असार २७,

नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने तयारी थालेपछि महासंघले पहिचानका आधारमा नामाकरण गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश १ को नामाकरण गर्ने दुष्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी जनजातिको अनुरोधलाई बेवास्ता गर्दै पहिचानको मूल भावनालाई सम्बोधन नगरी प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भएमा नेपाल आदिवासी जनजाति महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौँ ।

ऐतिहासिक थातथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भत्र्सना गरेको छ । महासंघले पहिचानका आधारमा नामाकरणका लागि पहल गर्न सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय