दोलखा ।शैलुङ गाउँपालिका वडा ५ मा कोभिड- १९ महामारीबाट प्रभावित १ सय ५९ जना अतिबिपन्न परिवारको बैंक खातामा १० हजार हालेको छ l
सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको उक्त बजेटले विपन्न वर्गलाई १० हजार नगद प्रदान गर्ने घोषणा गरेको थियो l
कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असङगठित क्षेत्रमा रहेका अतिविपन्न परिवारको तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न सरकारले कार्यविधि राजपत्रमा उल्लेख गरेको थियो ।
उक्त घोषणा अनुसार बनेको कार्यविधि अनुसार वडा कार्यलायले १५९ जनाको बैक खातामा जम्मा गरिसकेको वडा ५ अध्यक्ष दिलकुमार तामाङले जानकारी गराउनुभयो ।












