ललितपुर ।अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले उपत्यकाका सबै जिल्लाको संयोजक /इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ ।

संगठन सुदृढीरण अभियान अन्तर्गत सबै जिल्लामा रहेको पालिका र इकाईमा “वास्तविक विद्यार्थी अखिल (क्रान्तिकारी) अभियान” सञ्चालन गत असार २९ गते केन्द्रीय संयोजक पवन कार्कीबाट सुरु गरेको थियो । सोही अनुरुप आज उपत्यका विशेष प्रदेश बैठक बसि उपत्यका जिल्लाहरूमा इन्चार्ज / संयोजकको चयन गरेको छ ।

बैठकबाट शैक्षिक शुल्क, छात्रवृत्ति र सार्वजनिक शिक्षा सुधारका लागि सरोकार वाला पक्ष सँग अन्तरक्रिया, छलफल र शैक्षिक संस्थाहरूको अनुगमन गरि विद्यार्थी हक अधिकारका लागि संघर्ष को कार्यक्रमहरु घोषणा गर्नु को साथै “4th revolutionary cup open futsal tournament” आगामी साउन २८ र २९ गते निर्णय भएको उपत्यका विशेष प्रदेश समिति संयोजक संजिव कार्कीले जानकारी दिनु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय