काठमाडौं। नेकपा एमाले परित्याग गरि दोलखाको सयौं नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रबेश भएको छ। हिजो नेकपा (माओवादी केन्द्र)दोलखा काठमाडौ सम्पर्क समन्वय समितीको राजनैतिक प्रशिक्षण कार्यक्रममा उहाँहरु प्रबेश गर्नु भएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिकाको पुर्ब सञ्चार मन्त्री पार्बत गुरुङको वडामाबाट नै एमाले परित्याग गरि सयौं नेता तथा कार्यकर्ता प्रबेश गरेको छ । नेकपा एमाले परित्याग गर्नेमा गौरीशंकर गाउँपालिका वाड न ५ सुरिको नेता नबराज खड्का को नेतृत्वमा प्रबेश हुनु भएको छ। नबराज खड्का गत स्थानीय चुनाबमा नेकपा एमाले बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनु भै ४७४ मत ल्याउनु भएको थियो ।
नबराज खड्काले एमाले परित्याग गर्नुको कारण आफ्नो घमण्ड गर्ने र कुनै विधि पद्धति नरहेको पार्टीसङ्ग बसेर कुनै भबिस्य नरहेको बताउनु भएको छ ।
नेकपा एमाले परित्याग गरि नेकपा(माओवादी केन्द्र)मा प्रबेश हुने नबराज खड्का लगायत नेता तथा कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र)को उप महासचिव शक्ति बहादुर बस्नेत , नेकपा (माओवादी केन्द्र)को युबा नेता तथा बाग्मती प्रदेश बन तथा बाताबरण मन्त्री माननीय बिशाल खड्का,दोलखा जिल्ला समन्वय समितीको अध्यक्ष बर्जुराम घताने,गौरीशंकर गाउँपालिकाको अध्यक्ष बिश्वास कार्की,दोलखा काठमाडौं सम्पर्क समन्वय समितीको अध्यक्ष मीन घिमिरे लगायतको नेताहरुले स्वागत गर्नु भएको थियो ।












