भदौ १९ ,
आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले धनकुटाको प्रदेश निर्वाच क्षेत्र नं  (ख ) बाट प्रत्यक्ष तर्फ ५  जना उम्मेदवारको नाम सिफारिस भएको छ । प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी धनकुटा (ख ) को आज बसेको पूर्ण बैठकले आगामी मंसिर ४ गते का लागि तोकिएको आसन्न प्रदेश सभा निर्वाचनका लागि सर्वसम्मत प्रत्यक्ष तर्फ एक महिला सहित ५ जना उम्मेदवारको नाम सिफारिस गरिएको प्रदेश निर्वाच क्षेत्र समन्वय कमिटी धनकुटाका (ख) का संयोजक भिम राईले जानकारी दिनु भयो ।

सर्वसम्त सिफारिस भएका प्रत्यक्ष उम्मेदवारहरुमा पार्टीका जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रमणी पराजुली, पार्टीका सचिवलय सदस्य गोपाल भट्राई, प्रदेश कमिटी सदस्य टंक चौहान,सचिवालय सदस्य तथा महालक्ष्मी नगरपालिकाका पूर्व मेयर पर्शुराम नेपाल र पार्टीका प्रदेश कमिटी सदस्य तथा हाल प्रदेश सांसद हिमा देवी बस्नेत रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय