काठमाडौँ । वर्षौँ देखि सास्ती खेप्दै आइरहेको मुडे शैलूङ्ग सडक अब भने सहजका साथ निर्माण कार्य हुने भएको छ । जसको कारणले त्यो खण्डको सडकमा सधै झैँ भोग्नु पर्ने सास्तीबाट यात्रुहरुले अब भने केहि सहजको अनुभूति गर्ने मौका मिल्ने छ ।
यसै बिषयलाई लिएर शैलूङ्गको युवाहरु सहित नेकपा (माओवादी केन्द्र) दोलखा काठमाडौं सम्पर्क समन्वय समितीको उपाध्यक्ष पासाङ्ग घिसिङको नेतृत्वमा सडक निर्माण पक्षको कार्यलयमा गई ध्यानकर्षण गराई लिखित तथा मौखिक दुवै सम्झौता गरिएको छ । हिजो दिइएको ध्यानाकर्षण लाई कुनै बेवास्ता गरि काम लाई निरन्तरता नगरिएमा आगामी दिनमा हामी आन्दोलनको कार्यक्रमहरु घोषणा गरि आन्दोलित बनाउन बाध्य नबनाउन अनुरोध युबाहरुले ठेकेदारसङ्ग गरेको थियो।
सडक तीब्र ढंगले अगाडि बडाउने उद्देश्यका साथ काम गर्न लाग्यौं तर त्यो उद्देश्य पुग्न नसक्नु मेरो गल्ती भएको कारण आगामी दिनमा जे जस्तो भएपनि अबाका दिनहरुमा तीब्रका साथ पहिलेको तरिकाले काम गर्न तयार रहेको शुभकामना निर्माण सेबाका संचालक ईश्वर बास्केटाले बताउनु को साथै सबै सामु प्रतिबद्धता गर्नु भएको छ ।
त्यस्तै मुडे देउराली सैलुङ सडक जसरी पनि बनाउनु पर्ने र एक हप्ताबाट सुरु गरिने काममा जुनसुकै भौतिक ,आर्थिक सबै कुरामा सहयोग गर्ने र उहाँ सङै आफ्नो पनि उपस्तिथि रहि काम अगाडि बढाउने प्रतिबद्धता महालक्ष्मी कन्स्ट्रक्सनका संचालक बिजय राज मानन्धरले गराउनु भएको छ ।
ध्यानाकर्षण बुझाउन नेकपा माओवादीको वाइसीएल, कांग्रेस निकट तरुणदलका केहि युवा, विद्यार्थी संगठनका युवाहरु साथै साझा आनलाइनका प्रबन्ध निर्देशक सुमन मोक्तान को समेत उपस्तिथी रहेको थियो | यसघि पटक पटक ध्यानकर्षण तथा सम्झौता गरेपनि ठेकेदार कम्पनीले बेवास्ता गरेको थियो।












