,

भदौ ३०
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक नै ६ दिन रोकेर समानुपातिक तर्फका आ आफ्ना पार्टीका उम्मेदवार छान्न व्यस्त छन् ।

गठबन्धनको बैठक रोकेर उनीहरु आआफ्नो पार्टीका संसदीय समितिका बैठक र छलफलमा केन्द्रीत भएका हुन् ।

त्यसक्रममा कांग्रेस र माओवादीले बुधबार नै बैठक राखेर समानुपातिक उम्मेदवारका मापदण्ड तय गरेका छन् । साउन २१ गते नै कार्यदल बनाएर सिट बाँडफाँट गर्न तम्सिएका सत्ता घटक दलले झण्डै डेढ महिनासम्म छलफल गरेपनि सिटमा अस्वभाविक दावी नछोडेपछि सहमतिमा पुग्न सकेका थिएनन् ।

भदौ २८ बालुवाटारमा बसेको गठबन्धन बैठकले समेत सहमति जुटाउन नसकेपछि सोही दिनदेखि गठबन्धनको बैठक नै रोकेर आआफ्नो पार्टीका समानुपातिक उम्मेदवार छान्ने गृहकार्यमा लागेका हुन् ।

सत्तारुढ दल माओवादी केन्द्रले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएपछि असोज ४ गते गठबन्धन बैठक बसेर सिट भागबण्डा टुंगो लगाउने स्पस्ट पारेको छ । सोहीअनुसार गठबन्धनमा रहेका दलहरु आआफ्नो पार्टीका समानुपातिक तर्फका उम्मेदवार छान्ने आन्तरिक गृहकार्यमा जुटेका छन् ।

यसैबीच समानुपातिक सूची बुझाउने मिति नजिकिएसँगै नेताहरुको घरमा आकांक्षीहरुको भीडभाड बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय