असोज ३
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले खुल्ला प्रारम्भिक निर्वाचनको अभ्यास गरेको छ । उक्त पार्टीले संघीय समानुपातिक निर्वाचनको बन्दसूची छनोट गर्न खुल्ला प्रारम्भिक निर्वाचनको प्रयोग गरेको हो । खुल्ला प्रारम्भिक निर्वाचनको अभ्यास गर्नका लागि मोबाइल एपको प्रयोग गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा।मुकुल ढकालले जानकारी दिएका छन् । प्रवक्ता ढकालका अनुसार सो निर्वाचनको अभ्यास गर्दा मोबाइल एपबाट अनलाइनमार्फत गरिने भोटिङलाई साधनका रुपमा प्रयोग गरिएको थियो । प्रवक्ता ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘समयानुकुल साधनहरुको प्रयोगबाट मात्रै लोकतन्त्रको पूर्ण प्रयोग सम्भव छ । अहिले प्रचलनमा रहेको मोबाइल एपबाट अनलाइन गरिने भोटिङलाई प्रारम्भिक निर्वाचनका लागि साधनका रुपमा प्रयोग गरियो । अन्य साधनहरुमा प्राकृतिक रुपमा नै हुन सक्ने कमजोरी र सिमितताहरु निर्वाचनका क्रममा पनि देखिए । यसबाट पर्न गएको असुविधाका लागि माफी चाहान्छौँ ।’
निर्वाचनको यो अभ्यासबाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण र विश्वासको पुष्टि मात्र नभई पार्टीहरूको उम्मेदवारी छनोटमा लोकतान्त्रिक हस्तक्षेपको उदाहरण समेत प्रस्तुत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय