असोज २०
क्रिकेटर सन्दीप लामिछानेले बिहिबार बिहान आफू कतार एयरवेजको विमानबाट १० बजे काठमाडौंमा अवतरण गर्ने जानकारी गराएका थिए ।

क्रिकेटर लामिछानेले आफू कहाँबाट जहाजमा चढेको भन्ने कुरा उल्लेख नगरे पनि उनको स्टाटसमा उनी कतार एजरवेजबाट बिहान १० बजे काठमाडौं अवतरण गर्ने कुरा गरेका छन् ।

उनले दिएको जानकारी अनुसार उनी सवार विमान कतारको राजधानी दोहाबाट उडेको छ अर्थात उनी कतारबाट उक्त विमानमा चढेका हुन् ।

बिहान १० बजेअघि नै उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु पर्ने हो ।

यद्यपि, काठमाडौंमा बिहानैदेखि परेको अविरल वर्षाका कारण कतार एयरवेजको उक्त जहाज पटक–पटकको प्रयासपछि नै अवतरण गर्न नसकेको फ्लाइट राडारमा देख्न सकिन्छ । अहिले पनि उक्त विमान आकाशमै परिक्रमा लगाइरहेको छ ।

मौसममा सुधार भएपछि मात्र उक्त विमान अवतरण हुनेछ ।

क्रिकेटर लामिछानेले एक महिनाअघि एउटी १७ वर्षीया किशोरीले लगाएको बलात्कारको आरोपपछि बिहिबार काठमाडौंमा आउन लागेको सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनी काठमाडौंमा अवतरण हुने बित्तिकै प्रहरीले उनलाई हिरासतमा लिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय