झापा

गोमन सर्पले डस्दा झापाका एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका २ का वडाअध्यक्ष प्रजापति सापकोटाकी ८ वर्षीया नातिनी श्रुति सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रुति बुधबार गौरादह नगरपालिका ९ स्थित बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी थिइन् । कोठाको भुईँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर श्रुतिलाई गोमन सर्पले डसेको थियो । सर्पले डसेर घाइते भएकी श्रुतिलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

श्रुति नेकपा एमाले को भगिनी संगठन अखिल नेपाल महिला संघ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय