मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सम्पन्न गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धन दोलखा- काठमाडौँ सम्पर्क समन्वयको संयुक्त बैठक बसेको छ।
बाम लोकतान्त्रिक गठबन्धन दोलखा-काठमाडौँ सम्पर्क समन्वय समितिको शनिवार बसेको बैठकले आगामी कार्तिक ५ गते काठमाडौमा बृहत चुनावी सभा गर्ने निर्णय गरेको छ ।
आगामी निर्वाचनमा उम्मेदवार बिजय गराउन संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।संयुक्त निर्वाचन परिचालन कमिटीको संयोजकमा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति चित्र दाहाल र सह-संयोजक नेकपा(माओवादी केन्द्र) दोलखा-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्ष मीन घिमिरे बनाएको छ ।
समितिले ३५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेका छन् । जसमा गाउँपालिका सम्पर्क समन्वय समितिका अध्यक्ष र जिल्ला सम्पर्क समन्वय समितीको पदाधिकारीहरु सहित गठन गरेको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) दोलखाको युबा नेता तथा बाम लोकतान्त्रिक गठबन्धन दोलखाको चुनावी कमान्डर विशाल खड्का,प्रदेश”क”को उम्मेदवार कुन्दन राज काफ्ले,प्रदेश”ख”को उम्मेदवार बर्मा लामा सहित बसेको थियो।बृहत चुनावी सभामा नेकपा(माओवादी केन्द्र)को अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) एकृकित( समाजबादी )को अध्यक्ष माधब कुमार नेपाल, नेपाली काङ्ग्रेसको नेता रामचन्द्र पौडेलले सम्बोधन हुने बाम लोकतान्त्रिक गठबन्धन दोलखाको कमान्डर विशाल खड्काले जानकारी दिनुभएको छ ।
निर्वाचनमा हाम्रा उम्मेदवारको जित काठमाडौं बाटै सुनिश्चित गर्ने गरि चुनाबी सभामा बढीभन्दा बढी मतदाताहरु सहभागी लागि यो कमिटीलाई सक्रिय बनाउन जिम्मेवारीसहित कमिटी गठन गरिएको छ ।












