काठमाडौ ।द बर्गर हाउस एन्ड क्रन्ची चिकेन नयाँ बानेश्वर ब्रान्चले विभिन्न संचारमाध्यमले सडेको चिकेन बेचेको भ्रामक समाचार प्रकाशन गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस द बर्गर हाउस एण्ड क्रन्चि चिकेनको बारेमा केहि युटुब,अनलाइन,टेलिभिजन र सामाजिक संजालहरुमा गलत र भ्रामक समचारहरु प्रकाशित भएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सत्यतथ्य नबुझि एकतर्फि रुपमा समाचार प्रकाशन गरी उपभोक्ताहरुलाई भ्रमित गरेको प्रति कडा आलोचना गर्न चाहन्छौं ।’

काठमाडौं महानगरपालिकाको निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपक्षी महाशाखा प्रमुख डा. अवधेश झा लगायतको टोलीले अनुगमन र निरिक्षण गरेको भएतापनि समाचारमा आएको जस्तो सत्यता नभएको बर्गर हाउसका संचालक विष्णुकुमार पाख्रिनले बताएका छन् ।

समचारहरुमा प्रकाशन र प्रशारण भएको जस्तो कुहिएको मासु भेटिएको कुरा कुनै पनि तथ्य भएको उनले बताए। अनुगमण गरेको विषयलाई तोडमोड गरि एकतर्फि समचार प्रकाशन गर्नु पत्रकारीताको आचारसंहिता विपरित भएको उनले बताए ।

पाख्रिनले यस्ता भ्रामक समाचार प्रकाशन र प्रशारण गर्नेहरुमाथि छानविन गरी कानुनी कारबाही गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

अनुगमनमा खटिएको महानगरपालिकाको स्वास्थ्य विभागले समेत उक्त रेष्टुराँबाट लगेको मासुमा कुनै खराबी नदेखिएको र रेष्टुराँमा राख्दा फिर्ता गर्नुपर्ने र उपभोक्तालाई खुवाउने छुट्टाछुट्टै राख्न भनि निर्देशन दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय