काठमाडौं । लोकतान्त्रिक बाम गठबन्धन दोलखा-काठमाडौ सम्पर्क समन्वय समितिले काठमाडौंमा वृहत चुनावी सभा गरेको छ ।
दोलखा-काठमाण्डौं सम्पर्क समिति नेपाली काँग्रेस र दोलखा-काठमाडौं सम्पर्क समन्वय समिति नेकपा माओवादी केन्द्रले र एकृकित (समाजबादी)को काठमाण्डौंमा संयुक्त चुनावी सभा गरेको हो ।
उम्मेदवारी दर्तापछि निर्वाचन अभियानलाई तीब्रता दिँदै आएको गठबन्धन दलले हिजो काठमाडौंमा संयुक्त चुनावी सभा सम्पन्न गरेको हो । चुनावी सभा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि थियो भने नेपाली काङ्ग्रेसको केन्द्रिय प्रबक्ता रामशरण महत विशेष अतिथि रहेको थियो।
काठमाडौंको बगिखानास्थित स्काई दरवार पार्टी प्यालेसमा सम्पन्न सभामा दोलखाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका अधिकाँश नेताहरुको सहभागिता थियो भने काठमाडौं उपत्यकामा बसोबास गर्ने दोलखालीको उत्साहपूर्ण सहभागिता थियो ।
दोलखामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका गंगा कार्की र प्रदेशसभामा नेपाली काङ्ग्रेसका दुई नेता चुनावी मैदानमा छन् । जसमा प्रदेश ‘क’ मा नेपाली काङ्ग्रेसका कुन्दन राज काफ्ले र ‘ख’ बाट नेपाली काङ्ग्रेसको दोलखाको सभापति बर्मा लामाले चुनाव लड्दैछन् । दोलखामा नेकपा माओवादी केन्द्र,एकृकित समाजबादी र कांग्रेसको गठबन्धन छ ।















