नेकपा एमाले धनकुटाकाे बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यलय धनकुटामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा जिल्लाका विभिन्न वडा पालिककाकाे नेपाली काङ्ग्रेस पार्टीका नेता कार्यकर्ता ३ सय भन्दा बुढि नेपाली काङ्ग्रेस परित्याग गरि एमाले पार्टी प्रवेश गरेकाछन् । शहिदभुमि गाउँपालिका वाडा नं ५ , पाख्रीबास नगरपालिका , चाैबिसे गाउँपालिका , छथरजाेरपाटी गाउँपालिका लगायत पालिका बाट पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज एवम् प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , जिल्ला पार्टी अध्यक्ष प्रदेश निर्वाचन क्षेत्र नं ख का उम्मेदवार ईन्द्रमणी पराजुली , पार्टीका जिल्ला सचिव एवम् प्रदेश निर्वाचन क्षेत्र नं क का उम्मेदवार निरन राई , समानुपातिक उम्मेदवारहरु शिव आङ्ला , तारा तितुङ , पार्टीका प्रदेश कमिटी सदस्य लगायत नेताहरूले फुल माला अविरले स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको थियोे । उक्त पार्टी प्रवेश कार्यक्रम जिल्ला पार्टीका उपाध्यक्ष चिन्तन तामाङकाे अध्यक्षतामा सम्पन्न भएको थियोे । पार्टी प्रवेशपछि उनिहरुले नेपाली कांग्रेसले सन्तोषजनक काम गर्न नसकेको र देश र जनताको पक्षमा काम गर्ने पार्टी एमालेले नै रहेछ भन्दै पार्टी छाडेका हौ भन्दै एमाले पार्टी प्रवेश गरेको बताएका छन् । ।












