धनकुटा जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभामा नेकपाएमालेका उम्मेदवार विजयी भएकाछन ।
धनकुटाको १प्रतिनिधि सभा र प्रदेश सभातर्फका २ सीटमाएमालेका उम्मेदवार विजयीभएकाहुन । प्रतिनिधि सभातर्फ नेकपाएमालेका राजेन्द्र कुमार राइले ३० हजार१ सय १ मत ल्याएर बिजयीभएकाछन् । राईले लोकतान्त्रिकगठवन्धनकाउम्मेदवार नेपालीकांग्रेसका केन्द्रिय सदस्यएवं पुर्व मन्त्रि सुनिलबहादुर थापालाइ १ हजार,३ सय ९७ मत अन्तरले हराएकाहुन् । पराजितथापाले २८ हजार, ७ सय, ४ मत ल्याएकाथिए ।
प्रदेशसभा १ मा नेकपाएमालेका निरन राईले१७हजार १८ मत प्राप्त गरी बिजयीभएकाछन । उनकानिकटतमप्रतिद्वन्द्वीगठवन्धनकाउम्मेदवार नेकपाएकिकृत समाजवादीकाअर्जुन कुमार राईले१० हजार २ सय२६ मत प्राप्तगरे ।
त्यसैगरी धनकुटाप्रदेशसभा ‘२’ मा नेकपाएमालेका उम्मेदवार बनेका एमाले धनकुटा जिल्ला अध्यक्ष समेत रहेका ईन्द्रमणी पराजुली फराकिलो मत अन्तरले विजयी भएकाछन । प्रदेश सभा ‘२’ का लागिधनकुटामाएमालेका तर्फबाटउम्मेदवारी दिएका पराजुलीले १५ हजार ७ सय९७ मत ल्याउंदै बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवदाी केन्द्रका कुसुमकुमारी श्रेष्ठ (जुली) ले ११ हजार२ सय ३० मत प्राप्तगरिन । निकटतमप्रतिद्वन्द्वीश्रेष्ठलाई ४ हजार ५ सय६७मतको अन्तरले हराउँदै पराजुली बिजयी भएकाहुन् ।

नेकपाएमालेका केन्द्रिय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्यपदमानिर्वाचित राजेन्द्र कुमार राई, प्रदेश सभा सदस्यपदमानिर्वाचितजिल्ला सचिव निरन राई र जिल्लाअध्यक्षइन्द्रमणी पराजुलीतिनै जनाले दोश्रो कार्यकालको लागीविजयीभएकाहुन् । विजेताउम्मेदवारहरुलाई जिल्लानिर्वाचनकार्यालयकामुख्यनिर्वाचनअधिकृत योगेन्द्र प्रसाद शाहाले एक समारोहको आयोजना गरेर प्रमाणपत्र समेत वितरण गरेका छन् ।
विजेताएमालेकाउम्मेदवरहरुले आफुहरुले निर्वाचनको क्रममा जनतासंग गरेको प्रतिबद्धता आगामी ५ वर्षमा पुरा गर्ने आयोजित कोणसभामा बताएका छन । सामुदायिक भवन देखि निस्किएको नेकपाएमालेको जुलुस धनकुटावजारको विभिन्नभागको परिक्रमा पश्चात धनकुटाको मदन चोकमाआएर कोण सभामा परिणतभएको थियो ।
विजेता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचितएमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले, प्रदेशसभा सदस्य निरेन राईले सम्वोधन गरेका थिए । विजय ¥यालीमा हजारौंको संख्यामा एमाले नेताकार्यकर्ताको सहभागीता रहेको थियो । विजय ¥यालीमा साँस्कृतिक नौमतीवाजागाजा समेत समावेस् गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय