जय कार्की, काठमाडौं। प्रतिनिधि सभाको समानुपातिकतर्फ १० वटा राजनीतिक दलले एक लाख मत कटाएका छन्।

नेकपा एमाले २२ लाख मतकासाथ पहिलो स्थानमा छ। निर्वाचन आयोगको आइतबार बिहानसम्मको परिणामअनुसार एमालेले २२ लाख ७५ हजार ६५० मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस एमालेभन्दा एकलाख पाँच हजार मतले पछाडि छ। कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ९ लाख ५२ हजार ५०० मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार १६३ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ६६१ मत प्राप्त गरेको छ।

जनता समाजवादी पार्टी नेपालले २लाख ७४ हजार १८०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २ लाख १४ हजार २८६, जनमत पार्टीले २ लाख ९ हजार ८१४ तथा नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६६५ मत प्राप्त गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १५ हजार १८७ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय