नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा मंसिर २९ गते राजारानीमा हुने
धनकुटा
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा यहि मंसिर २९ गते हुने भएको छ । महासंघको आज बसेको कार्यसमितीको बैठकले जिल्लाको चौविसे गाउँपालिकाको राजारानीमा उल्लेखित मितिमा साधारणसभा गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरि बहादुर लम्जेलले जानकारी दिनु भएको छ । साधारण सभा सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरिएको छ । जसअनुसार स्थानिय तह समन्वय समितिको संयोजकमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई संयोजक रहनु भएको छ ।

सदस्यहरुमा विदुर खवास, देवकला कार्की, हरीबहादुर लम्जेल,इश्वर थापा, पूर्णकुमार चौधरी रहेका छन्। त्यस्तै अतिथि स्वागत सत्कार समिती संयोजकमा महासंघकी उपाध्यक्ष देवकला कार्की रहनुभएको छ । सदस्यहरु सर्मिला राई,मनिषा पोखरेल, आकृती राई, विकास घिमिरे रहेका छन् । महासंघका उपाध्यक्ष विदुर खवासको संयोजकत्वमा यातायात व्यावस्थापन समिती गठन गरिएको छ । सदस्यहरुमा रविन कट्टेल, विकास घिमिरे,विश्वराज श्रेष्ठ र विशाल लम्जेल रहेका छन् ।

त्यस्तै खाद्य तथा मञ्च व्यावस्थापनमा महासंघ धनकुटाका सचिव लम्जेल संयोजक रहनुभएको छ । सदस्यहरुमा इश्वर थापा, रविन कट्टेल, आशिष लिम्बु र नरेन्द्र राई रहेका छन् । आर्थिक व्यावस्थापन समितीको संयोजकमा कोषाध्यक्ष रविन कट्टेल रहनुभएको छ । भने सदस्यहरुमा अजयसन्तोषी राई, नेवनारायण चौधरी,विजयशेखर श्रेष्ठ र विश्वराज श्रेष्ठ रहेका छन् । बैठकले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्दा समितीमा रहेका संयोजक र सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । महासंघको नयाँ सदस्यता थप तथा नविकरणका लागि मंसिर २५ गते सम्म आवेदन दिन सूचना जारी गर्ने समेत निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय