प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मत गणना ,एमाले सबैभन्दा अगाडी ,

प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मत गणना भएको छ । बुधबार बिहान साढे ६ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ ।

नेकपा एमाले २६ लाख ९४ हजार १२४ मतसहित शीर्ष स्थानमा रहेको छ ।

 

नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत पाएको छ ।

राप्रपाले ५ लाख ७० हजार १०२ मत पाएको छ ।

यस्तै जसपाले ३ लाख ८८ हजार ४८२ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ८१ हजार ३४८ मत पाएको छ ।

हाल मत गणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय