पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृहमन्त्रीसमक्ष बुधबार ज्ञापनपत्र बुझाइएको छ। समाचार लेखेकै आधारमा पत्रकार राईलाई साइबर क्राइममा झुटो मुद्दा दायर गरी पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाले बिनासर्त रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत बुझाएका हुन्। ज्ञापनपत्रमा भनिएको छ, ‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नु पर्नेमा साइबर क्राइममा झुटो मुद्दा चलाइएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित पारिएकाले उनीमाथि लगाइएको मुद्दा खारेज गरी बिनासर्त रिहाइ गर्न गृहमन्त्री समक्ष जोडदार माग गर्दछ।’ पत्रकार महासंघले बुझाएको ज्ञापनपत्रमा नेपाल प्रेस युनियन धनकुटा, प्रेस चौतारी धनकुटा, प्रेस सेन्टर धनकुटा, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा, संघिय प्रेस मञ्च धनकुटाले ऐक्यवद्धता जनाएका पत्रकार महासंघ धनकुटाका सचिब हरिबहादुर लम्जेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय