मुगु ,
खत्याड गाउँपालिका–८ रिघाकी २४ वर्षीया रमाना गिरी ३ सातादेखि बेपत्ता भएकी छिन् । कात्तिक २१ गते राति उनी घरमा डेढ महिनाकी छोरी छोडेर बेपत्ता भएकी हुन् । बेपत्ता रमाना गिरीका आफन्त खोजीका लागि पहल गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय मुगुमा ।
पत्नी बेपत्ता भएपछि घरमा रुवाबासी चलेको पति प्रेमराज गिरीले बताए ।

उनले बेपत्ता भएको भोलिपल्ट सुकाढिक प्रहरी चौकीमा निवेदन दिएका थिए । उनका ४ वर्षीय छोरासमेत छन् । ‘त्यस दिन खाना खानुभन्दा अगाडि छोरीलाई सुताउन भान्सा कोठाबाट माथिल्लो तलाको सुत्ने कोठामा गएकी थिइन्, विवाद–झगडा केही पनि भएको थिएन,’ उनले भने, ‘तर एकाएक हराएपछि तनाव भइरहेको छ ।’ गिरी बेपत्ता भएपछि माइती पक्षले पनि सुकाढिक प्रहरी चौकीमा उजुरी दिएका छन् । उनलाई घरपरिवारले बेपत्ता बनाएको माइती पक्षको आरोप छ । प्रहरी–प्रशासनलाई दबाब दिन र न्यायका लागि गिरीका मामा, भाउजू, दिदी र दाइ सदरमुकाम गमगढी आएका छन् । गिरीको माइती बाजुराको कोल्टी हो ।

उनीहरूले मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र प्रहरीलाई भेटेर खाजी कार्यलाई तीव्रता दिन आग्रह गरे । उनीहरूले प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतलाई भेटेर खोजीका लागि याचना गरेका छन् । अधिकारकर्मी चेतना शाहीले घटनाको छिटो अनुसन्धान हुनुपर्ने बताइन् । बहिनी बेपत्ता भएको लामो समय बित्दासमेत प्रहरी–प्रशासन मौन बसेको उनका दाइ टेकराज गिरीले बताए । ‘अहिलेसम्म केही खबर आएन,’ उनले भने, ‘हामीले खोजी गरिरहेका छौं, तर घर पक्षकाहरू खोजीमा चुपचाप देखिएकाले शंका उत्पन्न भएको छ ।’ बेपत्ता पति प्रेमराजलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय