काबुल,गतवर्ष पुनः अफगानिस्तानको सत्तामा आएको कट्टरपन्थी इस्लामिक समूह तालिवानले पहिलो सार्वजनिक मृत्युदण्ड कार्यान्वयन गरेको छ ।

हत्या अपराध स्वीकारेका ताजमिर नामक पुरुषलाई दक्षिण–पश्चिमी फराह प्रान्तको खेलकुद रंगशालामा उपस्थित भीडसामु मृत्युदण्ड दिइएको तालिवान सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । दर्जनौँ तालिवान नेतालगायत सरकारमा रहेका वरिष्ठ मन्त्रीहरू ताजमिरलाई फाँसी दिइँदा उपस्थित भएका थिए । तालिवान सरकारले न्यायाधीशहरूलाई इस्लामिक कानुन ‘सरिया’लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आदेश दिएको केही सातापछि यसरी अपराधिलाई मृत्युदण्ड दिइएको हो ।

तालिवानका सर्वोच्च नेता हाइवातुल्लाह आखुन्दजादाले गत महिना न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक स्थलमा अंगभंग र ढुंगाले हिर्काएर अपराधिलाई मार्ने जस्ता संजाय सुचारु गर्न आदेश सहितको एउटा घोषणापत्र जारी गरेका थिए ।

तर, तालिवान सरकारले कुन अपराधलाई कस्तो सजाय दिने भनी अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन । सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन चलाउँदा पनि यस्तै कडा रबैयाका कारण बदनामी कमाएका तालिवानले गतवर्ष सत्ता सम्हाल्नसाथ आफूले उदार नीति अपनाउने प्रतिबद्धता जनाएको थियो । बीबीसीबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय