राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ ।

आज पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले दलको उपनेता, प्रमुख सचेतक लगायतको टुंगो भने पछि लगाइने बताउनुभयो । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिटमा विजयी भएको थियो । राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ जना निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय