नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सत्ता वा प्रतिपक्ष जहाँ रहे पनि सुशासन र समृद्धिको अभियानमा लागिरहने बताउनुभएको छ ।

नेकपा एमालेले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी विशेष कार्यक्रममा अध्यक्ष ओलीले नागरिक सम्मान र सामाजिक स्थायित्वको पक्षमा एमालेले सक्रिय भूमिकाका साथ जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।


सो अवसरमा एमाले अध्यक्ष ओलीले पार्टीको निर्णय, नीति अनुशासन, आदेश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन निर्वाचित सांसदहरूलाई निर्देशन दिनुभयो ।

देश, जनता, राष्ट्र राष्ट्रियता र सुशासनबाहेक अरू नसोच्ने हुँदा परिवर्तनका आन्दोलनलाई क्षति पुर्‍याउने कुराबाट टाढै रहन अध्यक्ष ओलीले निर्वाचित सांसदहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय