डा. शेखर कोइराला समूहबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेताको लागि सर्वसम्मत रुपमा संसदीय दलको नेताको उम्मेदवारी दर्ता गर्नु भएको छ ।

गगनको प्रस्तावकमा कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ,अर्का महामन्त्री विश्व प्रकाश शर्मा र सांसद प्रदिप पौडेल रहनु भएको छ । यस अघि कोइराला पनि संसदीय दलको नेतामा उठ्ने हल्ला चलेको थियो । तर मंगलबार एका एक थापा कोइराला समूहबाट सर्वसम्मत उम्मेदवार बन्नु भयो । नेतृत्वमा युवा पुस्ताको बहस चलिरहेका बेला कोइरालाको यो निर्णयले पार्टी भित्रै प्रशंसा मात्र भइरहेको छैन सामाजिक संजालमा युवा पुस्ताले हौसिएर कोइरालाको निर्णयको स्वागत गरेका छन् । अवसर प्राप्त हुँदा कांग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री हुने कांग्रेस भित्र परम्परा रहेको छ

कसरी भयोत सहमति रु

गगन थापाले आम निर्वाचनकै बेलादेखि नै आफू संसदीय दलको नेतामा उम्मेदवार बन्ने बताउँदै आउनु भएको थियो । उता डा। शेखर कोइरालाले पनि आफ्ना निकटमा नेताहरुसँग भित्री रुपमा संसदीय दलको नेता बन्ने चाहना व्यक्त गर्दै आउनु भएको थियो ।

बुधबार संसदीय दलको नेता चयनको लागि निर्वाचन तय भएपछि कोइराला समूह सोमबार र मंगलबार काठमाडौंको एक होटलमा आफ्नो तर्फबाट कसलाई संसदीय दलको सर्वसम्मत उम्मेदवार बनाउने भन्ने छलफलका जुटेको थियो । छलफलमा कोइरालाले थापालाई संसदीय दलको नेतामा सहयोग गर्ने र थापाले कांग्रेसको आगामी १५ औं महाधिवेशनमा सभापतिका लागि कोइरालालाई सहयोग गर्ने सहमति भएको एक कांग्रेस नेताले जानकारी दिए ।

त्यसपछि नै थापा कोइराला समूहबाट सर्वसम्मत उम्मेदवार बन्न सफल हुनु भएको हो । गत १४ औं महाधिवेशनमा थापा कोइराला समूहबाटै पार्टीको महामन्त्रीमा निर्वाचित हुनु भएको थियो । कोइराला भने सभापतिका उम्मेदवार हुनुहुन्थ्यो ।

तर त्यतिबेलाका सभापतिका उम्मेदवार प्रकाशमान सिंह, कल्याण गुरुङ र विमलेन्द्र निधिले दोस्रो पटकको मतदानमा अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेपछि कोइराला देउवासँग पराजित हुनुभएको थियो ।

यसरी कोइराला र गगनबीच एक अर्कालाई सघाउने विषयमा शर्त सहित सहमति भएको ती नेताको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय