अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आउँदो सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जिकिर गर्नुभएको छ ।

आज बिहीवार शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद शर्माले पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अबको सरकारको नेतृत्व गर्नेमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ । अरूको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

अर्थमन्त्री शर्माले आउँदो राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गर्नुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय