काठमाडौ ।अमेरिकामा बसोबास गर्दैै आएका नेपाली भाषी करण राईले ‘द भ्वाइस अफ नेपाल ४’को उपाधि जितेका छन् ।हिजो सम्पन्न फाइनलमा उनले चर्चित रियालिटी शोको उपाधि हात पारेका हुन् ।

उनी कोच राजु लामाको टिममा थिए । उपाधि जितेसँगै उनले २५ लाख नगद पुरस्कार पनि प्राप्त गरेका छन् ।

यस्तै, टिम राजेश पायल राइको समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप भइन् । टिम प्रमोद खरेलको समूहबाट योगेश मगर सेकेन्ड रनरअप हुँदा टिम प्रविशा अधिकारीको तर्फबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

भ्वाइसको उपाधि जितेपछि मिडियासँग कुराकानी गर्दै करणले आफूमा अझै जिम्मेवारी थपिएको बताए । उनले भने–‘मेरो त यो सुरुवात मात्र हो । ममा अझै जिम्मेवारी थपिएको छ । नेपाली सांगीतिक क्षेत्रमा अझै धेरै काम मैले गर्नुछ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय