धनकुटा
      गठबन्धन रहुन्जेल मुलुकको विकास नहुने एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बताउनु भयो ।  प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले गठबन्धनकै कारण मुलुकको अर्थतन्त्र नै ध्वस्त हुदै गएको आरोप लागउनुभयो ।
एमाले तत्कालै सरकारमा जाने पक्षमा नरहेको तर  गठबन्धन त्यागेर काग्रेसले प्रस्ताव गरे सरकारमा जानसक्ने नेता पोखरेलको भनाई थियो ।
 काङ्ग्रेस   बाहेक अन्य दलसग मिलेर सरकारमा जानसक्ने कुनै सम्भावना नरहेको भन्दै नेता पोखरेलले गठबन्धनले सरकार कसरी बनाउछ आफुहरुले हेर्ने र त्यसपछि निर्णय लिने बताउनुभयो ।उहाले एक फरक प्रंसंगमा  गठबन्धनको विचार, उद्देश्य र दृष्टिकोण नभएको बताउनु भयो । उहाले गठबन्धनको कुनै विचार, उद्देश्य दृष्टिकोण, गन्तव्य छैन, केवल एमालेलाई समाप्त गर्ने अपराधिक योजना मात्र रहेको आरोप लागउनुभयो । नेता पोखरेल मुक्ती समाजको ३५ औ स्थापना दिवसमा  आयोजित कार्यक्रममा सहभागि हुन धनकुटा पुगेका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय