छोटो समयको राजनीतिक यात्राबाट गृहमन्त्री बनेका रवि लमिछानेले गृहमन्त्री नियुक्त भएलगत्तै आफ्नो प्रशासन सुधारका केही विषयमा घोषणा गरेका छन्। प्रहरी प्रशासन, विपद् व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत राहदानीको विषयसम्म हेर्ने क्षेत्राधिकार रहेको मन्त्रालयमा उनी आएसँगै उनले जनताले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए।

उनले गृहमन्त्रालय नै किन रोजे भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा लामिछानेले भनेका छन्, मैले सञ्चारकर्मी भएर काम गर्दा अलि बढी काम गर्नुपर्नेचाहिँ गृहमा देखेको थिएँ। अलि बढी नागरिकको गुनासो भएको, नागरिकले भनेजस्तो सेवा नपाएको हो कि भन्ने महसुस भयो। आम नागरिकलाई गृह प्रशासन र प्रहरी प्रशासनले सेवा दिन सक्छ भनेर म आएको हुँ। शान्ति सुव्यवस्था, न्यायमा बराबर पहुँचका लागि हामी मिलेर काम गर्छौँ।

उनले यस्तो बताइरहँदा उनको कार्यकालमा परिवर्तनको अपेक्षा गर्दै धेरैले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना पनि दिइरहेका छन्। शक्तिशाली मन्त्रालयमध्ये एक मानिने गृहमन्त्रालयको नेतृत्वमा रहेर उनले अहिलेको अवस्थामा के(के सुधार गर्न सक्लान्,

हामीले पूर्व गृहसचिव र प्रहरी प्रशासनबाटै अवकाश पाएका केही पूर्व अधिकारीहरूसँग यसबारे सोधेका छौँ। उनीहरूले अहिले गृहमन्त्रीले खासगरी पाँचवटा पक्षमा सुधार गर्नसक्ने सुझाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय