काठमाडौँ । बाग्मती प्रदेशसभाका सांसद युवराज चौलागाईंले निर्वाचनको समयमा माओवादीलाई साथ सहयोग र भोट हाल्ने नेपाली कांग्रेसका नेता कार्यकर्तालाई धन्यवाद दिएका छन् । वेथान वीरता दिवसको अवसरमा रामेछापको वेथानमा आयोजना भएको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिएका हुन् ।

उनले निर्वाचनको समयमा साथ साहयोग र माओवादीलाई भोट हाल्ने कांग्रेसका नेता कार्यकर्ताहरुलाई अन्यवाद दिँदै रामेछापको विकासमा सँगसँगै रहने बताए ।

जनयुद्धको क्रममा २०५३ पौष १७ गते नेकपा (माओवादी) द्वारा वेथानको प्रहरी चौकी कब्जा गर्दा तीर्थ गौतम, फत्त बहादुर स्माली र दीलमाया बम्जनको हत्या भएको थियो । हत्या भएका ३ जना सहीदको सम्झनामा माओवादीले वेथानको पानीघाटमा प्रत्येक वर्ष पुस १९ गते वीरता दिवस मनाउँदै आएको छ ।

कार्यक्रमा उनले अहिले माओवादी कांग्रेस र एमाले दुबैसँग सहकार्य गरेर अगाडी बढेको पार्टी भएकोले दुबै पार्टीको साइकोलोजिलाई बुझेर काम गर्ने यो एउटा अवसर भएको बताए । साथै उनले माओवादी अहिले जसरी पनि जनताको काम गर्नुपर्ने अवस्थामा रहेको भन्दै सरकारमा गएर जनपक्षीय सेवा दिनुको विकल्प नभएको बताए । उनले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा भएको सरकार माओवादीको लागि अवसर र चुनौति दुबै भएको बताए ।

अघिल्लो पटक बनेको बामगठबन्धनबाट निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमका कारण बहुमतको सरकारलाई फाल्नु परेको र सबै गुम्यो भनेर बुढानिलकण्ठमा सुतेर बसेको कांग्रसलाईलाई अघि सारेर बनेको पाँच दलीय गठबन्धनमा पावरसेयरिङमा बाँडफाँट नमिल्दा अहिलेको परिस्थिति आएको उनले बताए ।

उनले रामेछापमा देखिएको पार्टी भित्रको समस्या प्रति संकेत गर्दै बलियो संगठन र साथीहरुसँगको हार्दिता पूर्ण सम्बन्धनले मात्र हामीले सोचको र भानेको जस्तो परिवर्तन सम्भाव हुने बताए । हामी आफै भित्र नमिल्दा सोचेको भन्दा अर्के बाटोमा पुगिने समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय