जुम्लामा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीका अनुसार तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको मृत्यु भएको हो।

मंगलबार दिउँसो घरबाट दाउरा संकलन गर्न जंगलमा जाँदा उनी भिरबाट लडेकी थिइन्। यसपछि उनलाई घाइते अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। रोकायाको उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय